अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट चितवनमा सुरु हुँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

भरतपुर । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारबाट चितवनमा सुरु हुँदै छ । विभिन्न ९ वटा विधामा हुने सो प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा साँझ ४।३० बजे आयोजना हुने खेलकुद प्रतियोगिताकालागि सहभागी हुन प्रधानमन्त्री दाहाल आजै चितवन आउँदै हुनुहुन्छ ।

उहाँले चितवनमै भरतपुर अस्पतालको वार्षिक उत्सव समारोहको पनि उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइन्छ । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरू सहभागिता रहने छन् । प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, कराँते, तेक्वान्दो, बक्सिङ एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेल हुँदै छन् ।

बागमती प्रदेश स्तरीय खेलकुद समितिका सदस्य सचिव सूर्यलाल भण्डारीका अनुसार प्रतियोगिताका अधिकांश खेल चितवनमा भए पनि पुरुष भलिबल हेटौँडामा आयोजना गरिँदै छ ।

महिला र पुरुष दुवै विद्यामा खेलाइने खेलहरू क्रिकेट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा, भलिबल गेस्ट हाउस चौर भरतपुरमा, महिला फुटबल बखानसिह रङ्गशाला शारदानगरमा, बक्सिङ, कराँते र तेक्वान्दो औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा, एथलेटिक्स चितवन रङ्गशाला नयाँवजारमा, ब्याडमिन्टन भरतपुर कवर्ड हलमा र पौडी लेगट्वान्टी हवेली हाउस देवनगरमा हुने बताइएको छ ।

अहिले प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू चितवन आउने क्रम जारी रहेको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
1 km/h
आइत
19 °C
सोम
20 °C
मंगल
21 °C
बुध
23 °C
बिहि
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ