आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २८५ रनको लक्ष्य

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । आयरल्यान्ड ‘ए’ ले एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ लाई जितका लागि २८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २८४ रन बनायो ।

आयरल्यान्डका लागि स्टेफन डोहिनीले १२९ बलमा आठ चौका र दुई छक्काको सहयाेगमा १०७ रनको सतकीय पारी खेल्नुभयो ।

यस्तै पिटर मोरले ४४, म्याथ्यु हम्प्रेसले २३, मोर्गन टोपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गाभिन होयले १४ रन जोड्नुभयो ।

बलिङमा नेपाल ‘ए’ का लागि रिजन ढकाल र रन्जित कुमारले तीन तीन विकेट निुभयो ।

विकस आग्री र साहब आलमले एक एक विकेट लिनुभयो । अघिल्ला दुई खेलमा हार खेपेको नेपाल आज सान्त्वना जित निकाल्ने तयारीमा छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
broken clouds
12° _ 12°
100%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
20 °C
मंगल
22 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ