बेल्जियमलाई हराउँदा पनि इजरायल नेसन्स लिगबाट घटुवा

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

युइएफए नेसन्स लिगमा इजरायलले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको छ । सोमबार विहान सकिएको खेलमा इजरायलले अन्तिम समयमा गारेको गोल नै निर्णायक भयो । बुडापेस्टमा बेल्जियमविरुद्ध ८६ औं मिनेटमा यार्डेन शुवाले गोल गरेका थिए ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका शुवाले बेल्जियमका डिफेन्डर माटे स्मेट्सको गल्तीको फाइदा उठाउँदै गोल गर्न सफल भए ।  यो जितसँगै इजरायलले समूह ए२ मा चार अंक जोड्दै बेल्जियमसँग बराबरी गरेको छ ।

जीत निकाले पनि इजरायल नेसन्स लिगको शीर्ष श्रेणीबाट भने घटुवा भएको छ । सेप्टेम्बरमा भएको खेलमा बेल्जियमले इजरायललाई ३–१ ले पराजित गरेकाले हेड–टु–हेडका कारण बेल्जियम तेस्रो स्थानमा रहँदै घटुवा हुनबाट भने जोगिएको छ ।

इजरायल विरुद्धको खेलमा बेल्जियमका रोमेलु लुकाकु, अमाडु ओनाना, युरी टिलेमान्स चोटका कारण मैदान बाहिर रहे भने केभिन डि ब्रुएनलाई विश्राम दिइएको थियो । खेलको पहिलो हाफमै लिएन्ड्रो ट्रसार्ड पनि घाइते भएपछि टोली थप कमजोर देखिएको थियो ।

इजरायलले आफ्ना खेल हंगेरीको बुडापेस्टस्थित बोझसिक एरिनामा खेल्दै आएको छ ।  आफ्नो देशमा जारी सुरक्षा समस्याका कारण नेशन्स लिगका सबै खेल इजरायलले विदेशमै खेल्नुपरेको हो ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
64%
1 km/h
शनि
20 °C
आइत
25 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ