काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई नियन्त्रण गर्ने सरकारको कुनै नियत नभएको बताउनु भएको छ ।
निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण भएको सन्देश प्रवाह गर्नु पर्ने भन्दै विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताउनु भएको हो ।
लगानी बोर्डको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वमा विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उहाँले प्रोत्साहन गर्ने नीति लिंदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने बताउनुभयो ।
Recent Visitors: 18
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1