त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेवा सुरु

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताले आइभीएफ सेवा सुरु गरेको  छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहपछि मन्त्री पौडेलले नेपालमा बाँझोपन भएका वा निसन्तान भएका जोडीहरु दश प्रतिशतको धेरै ठूलो संख्या रहेको अवस्थामा शिक्षण अस्पतालमा आइभीएफ सेन्टर सञ्चालनमा आउनु एकदमै राम्रो कुरा भएको बताए ।

उनले नेपालको स्वास्थ्य उपचारको अवस्था आजसम्म आइपुग्दा पनि प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सेवा सुविधा प्राप्त गर्ने दुवै पक्षबाट पूर्ण नभएको गुनासो गरे ।

उनले भने,‘शिक्षण अस्पतालमा आइभीएफ सेन्टरको सुरुवात हुँदैछ । यो समाजका लागि आवश्यकता थियो । खासगरी नेपालमा बाँझोपन भएका जोडीहरुमा दश प्रतिशत छन् भन्ने गरिन्छ । त्यो धेरै ठूलो संख्या हो । बुढेसकालमा पाउने सहारा, परम्परागत धार्मिक विषयपनि यसमा जोडिएको छ । त्यसैले मेडिकल विज्ञानमा प्रयोगमा ल्याउनुपर्ने,सहजीकरण गर्नुपर्ने विषय अस्पताले शुभारम्भ गरेको छ । म आभार प्रकट गर्न चाहन्छु । यहाँसम्म आइपुग्दा पनि नेपालको स्वास्थ्य क्षेत्र पूर्ण छैन् । एउटा पूर्णताको निम्ति प्रभावकारी सेवा सुविधा उपलब्ध गराउने सन्दर्भबाट पनि पूर्णता छैन् । र सेवा सुविधा प्राप्त गर्ने पक्षबाट पनि यो पूर्ण छैन् ।’

उनले राज्यले स्वास्थ्य सुविधालाई प्रभावकारी ढंगबाट उपलब्ध गराउने स्थिति निर्माण गर्न बिमाको व्यवस्थालाई पुनविचार गर्न जरुरी रहेको धारणा राखे ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ