जाजरकोट भूकम्पः २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । जाजरकोट भूकम्पबाट प्रभावित रुकुमपश्चिमका छ पालिकाका २६ हजार पाँच सय ७३ लाभग्राहीले अस्थायी आवास निर्णाणका लागि पहिलो किस्ताबापत रु २५ हजारका प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा आठ सय ५८ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको बताउनुभयो । उहाँका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा छ हजार एक सय ६५ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार छ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

उहाँका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म रु २५ हजारका दरले रु ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषले २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७३ करोड ५१ लाख ५० हजार पठाएको छ । लाभग्राही पहिचान भएका दुई हजार आठ सय ३३ जनाले अस्थायी आवासको पहिलो किस्ता पाउन अझै बाँकी छ ।

जिल्लामा हालसम्म १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार चार सय ९७ अस्थायी आवास निर्माणाधीन रहेको बढुवालले जानकारी दिनुभयो । लाभग्राहीको सङ्ख्या आउने क्रम जारी रहेकाले यो सङ्ख्या ३० हजार पाँच सय पुग्नसक्ने जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले अनुमान गरेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
mist
16° _ 16°
100%
बुध
23 °C
बिहि
25 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ