जापानका विदेशमन्त्री कामिकावा योकोको नेपालमा उच्चस्तरीय भ्रमण

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । जापानका विदेशमन्त्री कामिकावा योको उच्चस्तरीय भ्रमणका लागि नेपाल आउनुहुने भएको छ । उहाँ यही वैशाख २३ गते नेपाल आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँको भ्रमण एक दिनका लागि रहने छ । उहाँको भ्रमणको अन्तिम तयारी चलिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

उहाँले दुई देशको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिँदै जापानबाट यो भ्रमण हुन लागेको बताउनुभयो । जापानको विदेशमन्त्री नियुक्त भएपश्चात् यो उहाँको पहिलो नेपाल भ्रमण हो । नेपाल भ्रमणका क्रममा विदेशमन्त्री योकोले उच्चस्तरीय शिष्टाचार तथा मैत्रीपूर्ण भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

यो वर्ष दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ । यस भ्रमणले सोही द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेपालस्थित जापानको दूतावासले जनाएको छ ।

नेपाल र जापानबिच विकास सहयोग तथा जनसम्बन्धको बलियो सम्बन्ध रहेकोमा यस भ्रमणले त्यसलाई थप विस्तार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
88%
4 km/h
शुक्र
15 °C
शनि
21 °C
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ