जसपा मधेसको सत्ताबाट बाहिरियो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । मुलुकमा सङ्घीयता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बाहिरिएको छ ।

लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा, नेपाल मधेस सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा, नेपाल बाहिरिनु परेको हो ।

बुधवार विश्वासको मतका लागि बसेको मधेस प्रदेश सभा बैठकमा बहुमत प्रदेश सभा सदस्यले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन् । यादवको पक्षमा ५० प्रदेश सभा सदस्यले मतदान गरे भने विपक्षमा ५३ प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे ।

बुधवारको बैठकमा १ सय ३ प्रदेश सभा सदस्य उपस्थित भएका थिए ।१ सय ७ सदस्यीय प्रदेश सभामा सरकार जोगाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
drizzle
22° _ 22°
49%
7 km/h
शुक्र
21 °C
शनि
20 °C
आइत
21 °C
सोम
23 °C
मंगल
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ