काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बिहान ११ बजे बस्न लागेको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुक्रबारदेखि जारी बैठकमा पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतका कार्यसूचिमा छलफल भइरहेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरुले आ आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । बैठक समसामयिक राजनीतिक विषयमा पनि केन्द्रित हुने बस्नेतको भनाइ छ ।
Recent Visitors: 0
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1