व्यवसायी अरुण चौधरी लगायत तीन जनालाई स्वतः रिहा हुने आदेश दिने न्यायाधीश आचार्य मुगु सरुवा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद थपका विषयमा उनले दिनभर बहस गराएर दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने आदेश दिएका थिए ।

म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो ।

न्याय प्रशासनको नेतृत्वकर्ता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार (हिजो) उनलाई मुगु काज सरुवा गरिदिएका स्रोतले जनाएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
43%
2 km/h
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ