चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते तुलसपुर ४ निवासी २४ बर्षीय गोरखलाल खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।

भारतको लखनउमा उपचारको क्रममा विहीबार राति ९ बजेतिर उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगञ्ज रेफर गरिएको थियो, भने नेपालगञ्जले भारत रेफर गरेको थियो ।

खड्कालाई मंगलबार राति १२ बजेतिर घर नजिकै बसिरहेको अबस्थामा युवाहरुको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहारमा संलग्न भएको भन्दै प्रहरीले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २०/२२ बर्षका विकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
87%
1 km/h
बिहि
22 °C
शुक्र
21 °C
शनि
24 °C
आइत
25 °C
सोम
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ