बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दमौली ,तनहुँको भानु नगरपालिका-८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन्। श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतीक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। 

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। 

अभियुक्त ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको प्रनाउ थापाले बताए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। घरायसी झगडाका कारण उनले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
mist
12° _ 12°
100%
1 km/h
बुध
23 °C
बिहि
25 °C
शुक्र
25 °C
शनि
22 °C
आइत
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ