एजेन्सी । कोलकाता नाइट राइडर्स आइतबार सनराइजर्स हैदरावादलाई एकपक्षीय फाइनलमा आठ विकेटले हराएर इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ ।
कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो । कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो । सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले भने दोस्रो उपाधि जित्न सकेन ।दुई महिना चलेको प्रतियोगिताको समूह चरणमा मात्र तीन खेल हारेर शीर्ष स्थान बनाएको कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई नै हराएर कोलकाता फाइनलमा पुगेको हो ।
शीर्ष दुई स्थानमा रहेर अगाडि बढेको हैदरावादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराएर फाइनलमा स्थान बनाएको थियो ।कोलकाताले उपाधि जितेपछि ट्रफीसहित २० करोड भारतीय रुपियाँ हात पा¥यो । उपविजेता सनराइजर्स हैदरावादले १३ करोड भारतीय रुपियाँमा चित्त बुझायो ।
यसै गरी तेस्रो हुने राजस्थान रोयल्स सात करोड र चौथो हुने रोयल च्यालेन्जर्स बेङ्गलुरु ६.५ करोड भारतीय रुपियाँको हकदार बने ।टस जितेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावाद १८.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो । आइपिएल फाइनलमा बनेको यो सबैभन्दा न्यून स्कोर हो ।
कोलकाताले सहज लक्ष्य १०.३ ओभरमै दुई विकेटको क्षतिमा ११४ रन बनाएर हािसल ग¥यो । ‘वन डाउन’ ब्याट्सम्यान वेङ्कटेस एयरले २६ बलमा अविजित ५२ रन बनाएपछि हैदरावाद खेलमा फर्किन सकेन । एयरले अफगानिस्तानका प्रारम्भिक ब्याट्सम्यान रहमनुला गुरवाजसँग मिलेर दोस्रो विकेटका लागि ९१ रनको साझेदारी निर्वाह गरी कोलकातालाई सहज जित दिलाउनुभएको हो ।
गुरवाजले ३२ बलमा ३९ रनको उपयोगी पालि खेल्नुभयो । प्याट कमिन्सको बलिङमा सुनील नारायण छ रनमै आउट भएपछि वेङ्कटेस र गुरवाजको उत्कृष्ट साझेदारी बनेको हो ।यसअघि २९ लाख डलरमा खरिद गरिएपछि सबैभन्दा महँगा खेलाडी बनेका तेज बलर मिचेल स्टार्कले हैदरावादको शीर्ष ब्याटिङ व्रmमलाई कमजोर पार्नुभएको थियो । उहाँले प्रारम्भिक ब्याट्सम्यान अभिषेक शर्मालाई दुई रनमै बोल्ड गरी सनराइजर्सलाई पहिलो झट्का दिनुभयो ।
स्टार्कले आफ्नो पहिलो स्पेलमा नै राहुल त्रिपाठीलाई पनि नौ रनमा आउट गर्नुभयो यसबिच प्रारम्भिक ब्याट्सम्यान ट्रेभिस हेड आफूले सामना गरेको पहिलो बलमै वैभव अरोराको बलिङमा पवेलियन फर्कनुभएको थियो ।हैदरावादका लागि सर्वाधिक स्कोर कप्तान कमिन्सले बनाउनुभयो ।
कमिन्सले अन्तिम समयमा क्रिजमा आएर १९ बलमा २४ रन बनाएपछि मात्र हैदरावादले एक सय रनको स्कोर नाघ्न सफल भएको हो । कमिन्सबाहेक दोहारो अङ्कमा रन बनाउने एडेन माक्रम (२० रन), हेनरिक लार्सन (१६ रन) र नितिशकुमार रेडी (१३ रन) हुनुहुन्थ्यो ।कोलकाताका लागि प्रयोग भएका सबै बलरले विकेट लिनुभयो । वेस्ट इन्डिजका अलराउन्डर एन्ड्री रसेलले २.३ ओभरमा १९ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो ।
स्टार्क र हर्षित रानाले दुई/दुई तथा वैभव, सुनील र वरुन चक्रवर्तीले एक/एक विकेट हासिल गर्नुभयो । यस प्रतियोगितामा रोयल च्यालेन्जर्स बेङ्गलुरुका विराट कोहली सर्वाधिक रनकर्ता र हर्सल पटेल सर्वाधिक विकेट लिने बलर बन्नुभयो । यी दुवैले जनही १५ लाख भारतीय रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । कोहलीले कुल ७४१ रन बनाउनुभयो भने पटेलले २४ विकेट लिनुभएको थियो ।