काठमाडौं । चर्चीत ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले आफूले अन्याय गरेको भए कारबाही गर्न माग गरेका छन् ।
पछिल्लो समय उनिसँगै काम गर्ने केहि कर्मचारी तथा कलाकारहरुले आफुमाथि अन्याय भएको भन्दै सामाजिक सञ्जालमा आरोप लगाउदा आफु गलत भए कारबाहीको भागिदार बन्न तयार रहेको बताएका हुन ।
आज उनले आफ्नै कार्यक्रम स्थलमा पत्रकार सम्मेलन गर्दै आफुबाट कुनै पनि गल्ती नभएको, गल्ती भए सजाय भोग्न तयार रहेको बताएका हुन ।
कँडेलले हिजो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका थिए । आज आफै पत्रकार सम्मेलन गरेका हुन ।
Recent Visitors: 4
तपाईको प्रतिक्रिया के छ?
+1
+1
+1
+1
+1
+1
+1