रुकुम पश्चिम -काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा कृष्ण मल्ल, १७ सदस्यीय कमिटी गठन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाण्डौं। नेकपा एमाले रुकुम पश्चिम-काठमाडौँ सम्पर्क मञ्चको १३ औँ अधिबेशनबाट कृष्ण मल्लको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।

मञ्चको सम्पन १३ औँ अधिवेशनले मल्लको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनिषा वली, नविन्द्र केसी चयन हुनुभएको छ ।

त्यस्तै, कमिटीको सचिवमा नारायण केसी, उपसचिवमा केशर मल्ल, सुजाता गौतम चयन हुनुभएको छ । त्यस्तै, सपना पाण्डे कोषाध्यक्षमा चयन हुनुभएको छ ।

कमिटी सदस्यहरुमा विनोद केसी, बालकृष्ण मल्ल, राजेश सुनार, गणेश पुन, ममता विक, समीक्षा शाह, कल्पना थापा, लोकेश कुशारी,अर्जुन पुन मगर, प्रशान्त मल्ल हुनुहुन्छ ।

नयाँ कमिटीलाई नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दाराम देवकोटाले बधाई दिनु भएको थियो । कमिटीलाई कर्णाली प्रदेश सम्पर्क मञ्चका अध्यक्ष भक्त बहादुर रावलले पनि शुभकामना दिनु भएको थियो ।

निवर्तमान अध्यक्ष विबेक पुन मगरले नयाँ कमिटीको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सेयर: 24
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
34%
2 km/h
सोम
17 °C
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ