बैंकक । थाइ—नेपाली संघको सातौ महाधिवेशनबाट लक्ष्मण केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको बैंककमा शनिवार र आइतबार दुई दिन चलेको सातौं महाधिवेशनबाट केसीको अध्यक्षतामा आगामी दुई बर्षकालागि नयाँ नेतृत्व चयन भएको हो ।
थाइ—नेपाली संघमा रहेर लामो समय नेपाली भाषीहरुको हितमा काम गर्दै आउनुभएका केसी नेतृत्वमा आउदा सबैले खुशी व्यक्त गरेका छन् । मुख्यगरि नेपाली भाषीको हितकालागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आउनुभएका केसीको दुई बर्षे कार्यकाल उत्साहजनक हुने अपेक्षा गरिएको छ ।
थाइल्याण्डको पिलोकका केसी यसअघि संघमा रहेर काम गर्दै आउनुभएको थियो । आफ्नो दुई बर्षे कार्यकाल सक्दै निवर्तमान अध्यक्ष वासना राईले केसीलाई नेतृत्व सुम्पिनु भएको हो । दुई दिन चलेको महाधिवेशनमा विभिन्न देशहरुबाट पाहुना सहभागि थिए । संघको सातौ महाधिवेशन सफता पुर्वक सम्पन्न भएको संघले जनाएको छ ।