जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरौं:राष्ट्रपति पौडेल

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिँदै गएको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो–‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता अन्तर सम्बन्धित सङ्कटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ ।

एक्लो प्रयासले यी सङ्कटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रस्ट छौँ ।’राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य: भूमि पुनर्स्थापना, मरुभूमि करण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रस्ट पारेको उल्लेख गर्नुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
94%
2 km/h
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ