मोबाइल एपबाटै विनाधितो दुई लाखसम्म कर्जा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ ।

यस सुविधामार्फत ग्राहकले विनाकुनै धितो बैंकिङ एपबाटै ग्राहकले दुई लाख रुपैयाँसम्म तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका अनुसार कर्जाका लागि प्रत्यक्ष रूपमा कागजी कार्य वा बैंक भ्रमण गर्नुपर्नेछैन ।

यस बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार मोबाइल बैंकिङ एपबाट नै कर्जा लिन, मासिक किस्ताका आधारमा उक्त कर्जाको भुक्तानी तीनदेखि एक वर्षसम्म तय गर्न सक्ने बैंकले जनाएको छ ।

त्यसैगरी, पूर्वभुक्तानीको विकल्प पनि रहेको बैंकले जनाएको छ । त्यसैगरी, एडिबिएल इन्स्ट्यान्ट फोन लोनका लागि योग्य ठहरिएका ग्राहकले ‘बाई नाउ, पे लेटर’को सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो सुविधाको प्रयोग कुनै पनि फोनपे मर्चेन्टमा क्युआरमार्फत क्रेडिट भुक्तानी गर्न प्रयोग गर्न सकिन्छ । यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिने र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

त्यसैगरी, ग्राहकले ‘कन्भर्ट टु इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रूपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
100%
2 km/h
शनि
13 °C
आइत
20 °C
सोम
21 °C
मंगल
23 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ