मुख्यमन्त्रीलाई विश्वासको मतसमेत नदिई मधेश सरकारबाट बाहिरियो लोसपा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो ।

दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । तर जनता समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री यादवले अस्वीकार गरेका थिए ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा बैठक बोलाइएको छ । मंगलबार दिउँसोको बैठक जनमत पार्टीका सांसदले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित बैठक अझै सुरू भएको छैन । प्रदेश सभा बैठक सञ्चालनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा एमालेका सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९/९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

यस्तै, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी पार्टीका एक/एक र एक जना स्वतन्त्र सांसद छन् । मधेशमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
broken clouds
15° _ 15°
100%
1 km/h
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ