एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा)पहिलो जित हात पारेको छ ।

मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जितको खाता खोल्न सफल भएको हो ।

लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य दिएको थियो ।

चितवन राईनोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ मात्र बनाउन सफल भएको थियो ।

चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए भने बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए ।  ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ