चन्द्रग्रहण लाग्दै, नेपालबाट नदेखिने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । फागुन महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात सोमबार (पर्सी) सन् २०२४ को पहिलो चन्द्रग्रहण लाग्दैछ ।

यो चन्द्रग्रहण बिहान १०ः३८ बाट सुरु भएर दिउँसो ३ः१७ बजेसम्म रहनेछ । ग्रहण नेपालबाट भने देख्न नसकिने बीपी कोइराला मेमोरियल प्लानेटरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालयका कार्यकारी निर्देशक सनतकुमार शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ग्रहण नेपालबाट देख्न सकिँदैन, उत्तर र पूर्वी एसिया, युरोप, अमेरिका, क्यानडालगायतका देशबाट मात्र देख्न सकिन्छ ।” नेपालबाट नदेखिने भएका कारण यसबारेमा आफूहरुले थप अध्ययन नगरेको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्यायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेलले नेपालबाट यो चन्द्रगहण नदेखिने भएका कारण सुतक अबधि पनि नलाग्ने बताउनुभयो । ग्रहणले नेपालमा रहने कुनै पनि राशिका मानिसलाई प्रभाव पार्दैन ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
41%
2 km/h
बिहि
27 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ