आफूहरुमाथि लगाइएको धर्म विरोधी आरोप सत्य नभएको बताउँदै मदनबहादुर हरिबहादुर

सञ्जु शर्माथाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

८ फागुन, काठमाडौंः मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडीं) ले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरेको भन्ने आरोपको खण्डन गरेका छन् । उनीहरुले आज भिडियो सन्देशमार्फत् आफूहरुमाथि लगाइएको आरोप सत्य नभएको बताए ।

मदनकृष्ण श्रेष्ठले आफूहरुविरुद्ध अनर्गल प्रचार हुँदा चित्त दुखेको बताए । ‘हामीले सबैलाई आफ्नो सम्झिन्छौं, आफ्नो हितैषी सम्झिन्छौं । हितैषीहरुबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको,’ मदनकृष्णले भनेका छन्, ‘संसारमा राम्रा कुराहरु पनि छन्, नराम्रा कुराहरु पनि छन् । राम्रा–राम्रा छानेर मात्रै हामीले काम गर्दै आएइरहेका छौं ।’

यसैगरी हरिवंश आचार्यले आफूहरुले कुनै पनि धर्मसम्प्रदायलाई चोट पुग्ने काम नगरेको स्पष्टीकरण दिएका छन् । ‘सनातन हिन्दुधर्म, बुद्ध धर्म वा अरु कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौं र अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं । यो अनर्गल प्रचार हो,’ आचार्यले भनेका छन् ।

आफूहरुले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न किसिमका खोपका कार्यक्रमहरुमा काम गरेको र ती सबै युट्युबमा भएकाले हेर्न पनि उनले अनुरोध गरेका छन् ।

आफूहरुले २०५२ सालमा ‘पञ्चायती व्यवस्थाको श्राद्धे’ भनेर कार्यक्रम गरेको र त्यसमा एकजना पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरिएको बताउँदै आचार्यले अहिले त्यसैको एउटा टुक्रा सेयर गर्दै सनातन धर्मको विरोध गरेको आरोप लगाइएको बताए ।

आचार्यले भने, ‘पण्डित हुँदैमा भगवान हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य भनेको पण्डितलाई पनि गर्न पाइन्छ, नेतालाई पनि गर्न पाइन्छ, पुलिसलाई पनि गर्न पाइन्छ, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भन्ने कुरा चाहिँ कपोलकल्पित कुरा हो ।’

उनले भनेका छन्, ‘हामी हाम्रो काममा निरन्तर लागि नै रहन्छौं । यस्ता किसिमका कुराहरु आएर हामी हतोत्साही हुँदैनौं र नेपाली जनताहरुलाई यी सबै भ्रामक कुराहरुको विश्वास नगरिदिनुहुन हामी हार्दिक अनुरोध गर्दछौं ।’

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
संवाददाता
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ