मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् ।मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १० बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुने एक सांसदले बताए ।

वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।

पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
drizzle
14° _ 14°
100%
1 km/h
आइत
22 °C
सोम
25 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ