काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा महालक्ष्मी विकास बैंकले सेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यले ‘महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ खाता (अल इन वान)’ सञ्चालनमा ल्याएको छ।
यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सी–आस्वा तथा टिएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन्। शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टिएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सी–आस्वा दर्ता गर्न पनि शुल्क लाग्नेछैन।
टिएमएस खाताका लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्यसमेत बैंक स्वयंले नै गर्नेछ। यसबाट सेयर लगानीकर्ताको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने बैंकले विश्वास लिएको छ।

