थाइल्याण्डमा गाँजाको प्रयोगलाई फेरि प्रतिबन्ध लगाइने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले गाँजाको प्रयोगलाई फेरि देशमा गैरकानुनी बनाउने बारेमा सोचिरहेको बताउनु भएको छ ।

ठूलो सङ्ख्यामा युवा गाँजाको लतमा फसेको र यसका कारण देशको भविष्य बरबाद भइरहेको उहाँको भनाइ छ । उहाँले गाँजालाई स्वास्थ्य र औषधीय प्रयोगमा मात्रै सीमित राख्नुपर्ने बताउनु भयो ।

थाइल्याण्डमा दुई वर्षअघि मात्र गाँजामाथिको प्रतिबन्ध हटाइएको थियो। त्यसो गर्ने यो एसियाकै पहिलो देश थियो।देशमा गाँजा व्यवसायलाई कानुनी मान्यता दिएपछि थाइल्याण्डमा लागु औषधको साम्राज्य फस्टाउन थाल्यो ।

सन् २०२५ सम्ममा यो उद्योग एक अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ । थाइल्याण्डमा सन् २०२२ को जुनसम्म गाँजा राखेमा ५ वर्षसम्मको सजायको व्यवस्था थियो र त्यसलाई खेती गरे १५ वर्षसम्मको जेल सजाय हुनसक्ने व्यवस्था थियो ।

जबकि अन्य लागु औषध अपराधमा मृत्युदण्डको सजाय थियो।थाई राजनीतिमा गाँजा महत्त्वपूर्ण मुद्दा भएको छ।

विपक्षी दलले ऐन ल्याउन हतार गरेको भन्दै नियम र निर्देशिकाबारे जनतामा अन्योल सिर्जना भएको बताउनु भयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
1 km/h
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ