आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि होस्:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको पर्व उँभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, याक्खा, सुनुवारलगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

भौगोलिक, जातीय, भाषिक एवं सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वको माध्यमबाट विविध जातजाति र समुदायबीच आपसी एकता, सद्भाव, सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास पूर्वराष्ट्रपतिले भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

उँभौली पर्वले सम्पूर्ण नेपालीहरूलाई आपसमा एक भएर सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना उहाँले सन्देशमा गर्नुभएको छ ।

उँभौली किरात समुदायद्वारा वैशाख शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति ९भूमि०को पूजा गरी मनाइने विशिष्ट चाड हो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
बुध
22 °C
बिहि
23 °C
शुक्र
23 °C
शनि
25 °C
आइत
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ