प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता चलिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटवार्तामा सरकारको कामकारबाही, नीति तथा कार्यक्रमबारे शीर्ष नेताबीच छलफल भइरहेको छ । सत्तारुढ ५ दलले सार्वजनिक गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पको प्रभावकारी कार्यान्वयनका बारेमा समेत दुई नेताबीच छलफल भइरहेको छ ।

त्यस्तै संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने र संसद्‍मा देखिएको गतिरोध खुलाउनेबारे पनि दाहाल र ओलीबीचको छलफलको एजेन्डा रहेको सचिवालयले जनाएको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
35%
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
16 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ