कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक कानुन मन्त्रालयमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगाएतका बिषयमा संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बसेको छ ।

कार्यादेश टुङ्गो लगाउन कानुन मन्त्रालयमा कार्यदलस्तरको बैठक सुरु भएको हो । सत्ता र प्रतिपक्ष दलको शनिबार बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।

सो सहमति अनुसार गठित कार्यदलले समितिको कार्यादेश टिओआर टुङ्गो लगाउनेछ । कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन भएको थियो ।

जसमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्छ ।यसैबिच सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग आज छलफल गर्ने भएका छन् । बिहान १०ः३० मा सुरु हुने यो छलफल सदन सञ्चालनबारे केन्द्रित हुने बताइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ