दुई वटा संसदीय समितिको बैठक बस्दै

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार दिउँसो १ बजे संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

समितिको बैठकमा नेपालको प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचनाहरु खोली वितरण र छलफल गरिने तथा  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने र  प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अगाडी बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गरिने छ । साथै  सर्वौच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ प्रारम्भ गरिने विषयमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ