हेटौँडा, चैत २० गते । बागमती प्रदेशको मन्त्री परिषद् विस्तार गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द शर्माले नेकपा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य रमा आलेमगरलाई मन्त्रीमा नियुक्ति गर्नुभएको हो ।
आलेमगरलाई मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
मन्त्रालय पछि तोक्ने गरी आलेमगरलाई विना विभागीय मन्त्रीमा नियुक्ति गरिएको छ । आलेमगर दोस्रो पटक प्रदेश सभा सदस्य बन्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट मन्त्रीको सङ्ख्या तीन जना पुगेको छ । आलेमगर काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र १० (२) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो ।