मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा भयो : मन्त्री भण्डारी

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजारमा वस्तुको मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने कुचेष्टा गरिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा हिमालयन इन्टरनेसनल एक्सपो २०२४ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले चाडवाडको बेला बजारमा वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रयास भएपनि सरकारले त्यसो हुन नदिएको बताए ।

सरकारले संचालनमा ल्याएका दशैंलक्षित सुपथ मूल्यका पसलहरु प्रभावकारी भएको उनको भनाइ छ ।

उनले भने, ‘बजारमा मूल्यवृद्धि गरेर कृत्रिम अभाव सिर्जना गर्ने गरिएको छ । सरकारले एक्सन लिएपछि केही सहज भएको छ । चाडपर्वलाई लक्षित गरेर मन्त्रालयले सुपथ मूल्यका पसलहरु देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ । पेट्रोलियम पदार्थमा मूल्य घटाएको छ । अत्यवश्यक खाद्य वस्तुहरुमा मूल्य घटाइएको छ । सुपथ पसलहरु प्रभावकारी देखिएको छ ।’

त्यस्तै मन्त्री भण्डारीले वस्तुको उत्पादनमा कमी आएका कारण वर्षेनी अर्बौं रुपैयाँका सामान आयात गर्नुपरेको बताए ।

‘नेपालमा वस्तु उत्पादन गरौं । उत्पादन नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था आएको छ । वर्षेनी १० अर्बको वस्तु आयात हुने गरेको छ । अहिले सरकारले ४० अर्बको अनुदान दिएर पनि वस्तु आयात गर्नुपर्ने अवस्था छ । उखुमा किसानलाई प्रतिकेजी ७० रुपैयाँ अनुदान दिइरहेका छौं । तर, चिनी उत्पादक संघले सरकारले तोकेको मूल्यमा दिन तयार छैन । सरकारले बोलाएका कार्यक्रमहरु बहिस्कार गरेर हिँडिरहेका छन् ।’

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
mist
14° _ 14°
94%
2 km/h
शनि
27 °C
आइत
26 °C
सोम
23 °C
मंगल
23 °C
बुध
24 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ