दान बहादुर कार्की
प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता
…प्रहरीलाई चाडपर्व विदा छैन्, तिहारका लागि ४८ हजार मैदानमा छन्
दशैं, तिहार, छठलगायत ठूला पर्वहरुमा नेपालीहरुको धेरै आवतजावत हुने सडकमा सवारीको चाप बढ्ने, बजार तथा मेला लाग्ने, नाचगान चल्ने जस्ता मनोरञ्नात्मक क्रियाकलाप हुने भएकाले यसैलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा योजना एकमहिना अगाडि नै बनाइसकेको छ । प्रत्येक जिल्लामा आ–आफ्नो सुरक्षाको अवस्था समेतलाई हेरेर छुट्टै किसिमको सुरक्षा योजना बनाएको छ । र कार्यानवयन गर्दै आइरहेको छ ।
तिहार भन्नसाथ रंग र बत्तीको चाड हो । र दाजुभाई, दिदीबहिनीको भेटघाट हुने पर्व पनि हो । त्यसैले मानिसहरुको आवतजावत बाक्लो हुनेगर्छ । जसका कारण सडकमा चेकजाँच गर्ने मापसे, लापसे गरेको जाँच गर्ने अनियन्त्रित किसिमले सवारी चलाउने जस्ता गतिविधिहरुलाई विशेष रुपमा हेरिरहेका हुन्छौं । नियमित रुपमा ट्राफिक प्रहरी मार्फत निगरानी बढाएका हुन्छौं । मद्दतका रुपमा सिभिल प्रहरी पनि खटाइएको हुन्छ । मेला, भीडभाडमा लुटपाट वा चोरी हुने, झगडा हुने भएकाले त्यस्ता ठाउँमा प्रहरीको निगरानी हुन्छ । त्यसलाई यान्त्रिक किसिमले सीसी टिभीमार्फत वा ड्रोनमार्फत पनि निगरानी गरिरहेका छौं ।
तिहारमा देउसीभैलो खेल्ने, रमाइलो गर्ने, रातिसम्म बसेर होहल्ला गर्ने जस्ता क्रियाकलाप हुने हुनाले रातिको गतिबिधिलाई निश्चित समयसम्म निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिले आफ्नो ठाउँ, अवस्था हेरेर, कुनै ठाउँमा अलि बढि समय र कुनै ठाउँमा कम समय हेर्ने गरी व्यवस्थापन गरेका छौं ।
नेपालका सीमा क्षेत्रबाट स्वदेशमा कहिल्यै उत्पादन नभएका, पुँजी पलायन हुने किसिमका बस्तु वा पटका तथा पटकाजन्य पदार्थहरुको दुरुपयोगले स्वास्थ्यमा र वातावरणमा खराबी हुने र त्यसले दुर्घट्ना पनि हुनसक्ने भएकाले निरुत्साहित गर्ने हाम्रो अभियान नै छ ।
यि र यस्ता विषय वा मुद्दाहरुका सवालमा कुरा गर्दा कानुनी रुपमा विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । ठूला प्रकृतिका विष्फोटक पदार्थको हकमा तीन वर्षभन्दा बढी कैद साथै मध्यमको छ भने दुई वर्षसम्म कैदको व्यवस्था छ । पटका पट्काएर कसैको क्षति हुन गएमा, उजुरी आएमा, कसैको स्वास्थ्यमा गम्भीर असर परेको खण्डमा, तोडफोड वा टुटफुट भएको अवस्थामा त्यस्ता व्यक्ति विरुद्ध पनि मुद्दा दर्ता हुन्छ । बालबालिकाको हकमा अविभावकहरुलाई र व्यापार गर्ने पटकाको भण्डारण गर्नेलाई कानुनी दायरामा ल्याउनेपर्ने हुन्छ । त्यसमा तीन महिनादेखि सुरु भएर कारबाही जरीवाना साथै थुना पनि हुन्छ । त्यसैले रमाइलो गर्ने बेला जेल जानबाट बच्न यसअघि नै सूचना जारी गरिसकेका छौं ।
प्रतिबन्धलगाएका चिजहरुलाई कसैले प्रयोग गर्न पाउँदैन् । गल्लीमा, चोक चोकमा, मेलामा, भीडभाडमा र मुलत आर्थिक कारोबार हुने ठाउँहरु जस्तो–बैंक वित्तिय संस्था, सुनचाँदी पसल क्षेत्रमा सादा पोसाकमा तथा प्रहरीकै पोसाकमा प्रहरी रहन्छन् । सुरक्षाको लागि प्रविधिको प्रयोगसँगै खटिन्छ ।
धेरैजसो मानिसहरु चाडवाडमा नै रमाइरहेको बेला तस्करी गर्ने उद्देश्य राखेको हुनसक्छ । सीमा नाकाहरुबाट तस्करी गर्ने गराउने काम नहोस भन्नका लागि प्रहरी शसस्त्र प्रहरी सीमामा नै खटाइन्छ । कतिपय सन्दर्भमा राजस्व चुहावट नियन्त्रण गर्न र राजस्वमा योगदान पु¥याउने हिसाबले पनि त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने गरेका छौं । क्रमशः सुरक्षालाई मजवुद बनाउँदै लगेका छौं । पटकाजन्य वस्तु नेपालमा त उत्पादनहुँदै हुँदैन्, भारतमा नै हुने हो । यस्ता वस्तुले पर्यावरणीय अवस्थामा प्रभाव पारिहेको हुन्छ । जुनसुकै देशमा उत्पादन भएको पटकाजन्य वस्तु ल्याउनेहरुलाई सिमानाकामा नै रोक्न चेक पोइन्टमार्फत कारवाही गर्न र अवैध आयात हुने विक्री एवम भण्डारण गर्नेलाई प्रहरीले कानुनी दायरामा ल्याउने कामा गरिरहेको छ ।
यसको साथै, कसैले सूचनाहरु प्रहरीलाई दिएको छु भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । मुलुकको लागि दिएको भन्ने ठान्नुपर्छ । मुलुकका खातिर पूर्व सतर्कता अपनाउन आमनागरिकले सहयोग गरेमा ठिक हुन्छ । त्यसैले सबैले नेपालमा विकास हुनुपर्छ, नेपालको पँुजी पलायन हुनुहुदैँन् भन्नेहरु सबैले प्रहरीलाई सूचना दिन आग्रह पनि गर्छ ।
यातायात व्यवसायी महासंघ र व्यवसायीलगायत विभिन्न प्रकारको संस्थाहरुसँग भाडाको बारेमा प्रहरीको नियमित छलफल चलाइरहेको हुन्छ । उहाँहरुले पनि सहयोग गर्छु भन्नु भएको छ । अब यात्रु ठगिने, बीचबीचमा बसेर ठग्ने जुन प्रवृत्ति छ नियन्त्रण गर्न जरुरी छ ।
खाद्यन्नको कुरामा प्रत्येक पालिकाको जनप्रतिनिधिहरुले रहेका नागरिकहरु र मुलुकभरका नागरिकको हितको लागि काम गर्नुपर्ने हुनाले उहाँहरुको जिम्मेवारीमा छ । उपभोक्ता हितका लागि प्रत्येक पालिकाले काम गर्नुपर्ने हुन्छ । त्यसपछि जिल्ला प्रशासन, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एउटा कमिटी बनाएर काम गरिरहेको छ ।
हामीले दशैँ र तिहार दुईवटै चाडपर्वमा जनशक्तिलाई छुट्टी दिएका छैनौ । अति आवश्यक, बिरामी बाहेकलाई विदा दिइएको छैन । अहिले करिब दशैँमा ६० हजारको हाराहारीमा जनशक्ति परिचालित थिएभने अहिले ४८ हजार जनशक्ति नेपालभर परिचालित हुन्छन । बिदा नदिएपछि सबै नै परिचालित हुने थियो ।
अहिले नेपालको सुरक्षा सामान्य छ । घटना, दुर्घटना नहुन् भन्ने हिसाबले पूर्व सतर्कता पनि अपनाएको छ । तिहार बत्तिको चाड भएको हुनाले आगलागीको घटना हुने, चोरी हुने, लुटपाट हुने, महिलाहरु माथि दुर्व्यवहार हुने जस्ता घटना हुनाले आमनागरिकहरुले नै यसलाई सभ्यता परीक्षाको रुपमा लिएर सहयोग गर्नु हुनेछ । चाडको सभ्यता र मूल्य, मान्यताको सुरक्षा गर्दै सुरक्षित भएर तिहार मनाउन सक्छौ । यसको साथै सबैलाई सभ्य भएर चाड मनाउन आग्रह गर्न चाहन्छु ।