मिस वर्ल्डको फिनाले आज

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । ७१ औं मिस वर्ल्डको फिनाले नेपाली समयानुसार आज बेलुका ७ः४५ बजेदेखि भारतको मुम्बईमा हुँदैछ । उपाधिका लागि नेपालसहित ११५ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

मुम्बईको जियो कन्भेन्सन सेन्टरमा हुने फिनालेमा नेपालबाट प्रियंकारानी जोशीले सहभागिता जनाएकी छन् । ‘ब्युटी विथ अ पर्पस’ विधाको एसियाली विजेताको रुपमा नेपाल उत्कृष्ट ४० मा प्रवेश गरिसकेको छ ।

‘हेड टु हेड च्यालेन्ज’ र ‘ब्युटी विथ अ पर्पस’ विधामा प्रियंकाको बलियो उपस्थितीले अवश्य पनि नेपाल दाबेदार हो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले समारोह होस्ट गर्नेछन् । सान मुखर्जी, नेहा कक्कर, टोनी कक्कर, टोनी एन सिंहले प्रस्तुति दिँदैछन् ।

फिनालेको सुरुमा ४० प्रतिस्पर्धी छनोट हुनेछन् । त्यसपछि १२ सेमिफाइनलिस्ट तय हुनेछन् । अनि उत्कृष्ट ८ को घोषणा हुनेछ । त्यसपछि प्रत्येक महादेशबाट विजयी हुँदै उत्कृष्ट ४ घोषणा हुनेछन् । उत्कृष्ट चारबाट एकजना फस्ट रनरअप र विजेता घोषणा गर्ने सूची छ । सोनीलिभले फिनालेको प्रत्यक्ष स्ट्रिमिङ गर्नेछ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
100%
2 km/h
शनि
16 °C
आइत
23 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ