प्रसुति गृहबाट हराएको शिशु काँडाघारीमा फेला

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार शिशुलाई काँडाबारीमा फेला पारिएको बताइएको छ । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई गएराति नियन्त्रणमा लिएको हो । शिशु लैजानुको कारण भने खुलेको छैन ।

सीसी टीभी फुटेजमा मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको देखिएको थियो । अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
50%
2 km/h
शुक्र
30 °C
शनि
31 °C
आइत
28 °C
सोम
28 °C
मंगल
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ