मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

थाइल्याण्ड नेपाल डट्कम

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ ।  मंगलबार मडैमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् ।

धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली छैठौं दिन मडै पुगेको थियो ।

आज सातौं दिन ध्रुवकुण्ड पुगेर रात्रि विश्रामपछि आठौं दिन भोलि कञ्चनवनका लागि प्रस्थान गर्नेछ । कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम स्थल हो ।

त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।

परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
63%
3 km/h
शुक्र
14 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ