मनसुनी विपद् ः आजसम्म १९३ जनाको मृत्यु, ४९ बेपत्ता, ३ सय ८४ घर डुबानमा

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । मनसुनी वर्षा सुरु भएदेखि देशक विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्मा परि मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४१ जना घाइते भएका छन् ।

यस्तै, काठमाडौ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११४ जनाको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । ३ सय ३३ वटा घर, १ सय १६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल ८ सय ७० वटा पशुचौपायको मरेको छ भने विपद्का घटनाबाट ४ हजार ८ सय ४२ परिवार विस्थापित भएका छन् ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
72%
2 km/h
बिहि
23 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
23 °C
सोम
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ