इजरायली सैन्य कारबाहीमा परी ४५ हजार बढी प्यालेस्टाइनीको मृत्यु

थाइल्याण्ड नेपाल डट्कम

एजेन्सी । गाजापट्टीमा जारी इजरायली सैन्य कारबाहीमा परी कम्तिमा ४५ हजार ९३६ बढी प्यालेस्टाइनीको ज्यान गएको छ । अक्टोबर २०२३ मा युद्ध सुरु भएयता १ लाख ९ हजार बढी घाइते भएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा इजरायली आक्रमणका कारण ५१ जनाको मृत्यु भएको र ७८ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलले गाजा शहरमा धेरै हवाई आक्रमणहरू सञ्चालन गरेको साथै शहरको केन्द्र र वरपरका पश्चिमी क्षेत्रहरूलाई निशाना बनाएको विज्ञप्तिमा उल्लेख छ ।

हालै मध्य गाजा पट्टी, देइर अल बालाहको पश्चिममा भएको हवाई आक्रमणले एउटा घर ध्वस्त पारेको छ । त्यहाँ चार जनाको मृत्यु भएको छ र धेरै घाइते भएका छन्। त्यस्तै दक्षिणी गाजाको खान युनिसको पश्चिमी भागमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमणमा चार जना घाइते भएका छन्।

त्यस्तै इजरायली सेनाले मंगलबार राती र बुधबार वेस्ट बैंकका विभिन्न स्थानहरूमा कम्तिमा ४५ प्यालेस्टिनीहरूलाई हिरासतमा लिएको छ।(सीसीटीभी प्लस)

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
35%
2 km/h
शनि
23 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ