सांसद छविलाल विश्वकर्माले भने,निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नु पर्छ

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत ७ गते । नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

उहाँले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने सुझाव दिनुभयो । उहाँले तराई–मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो ।

यो रणनीतिक सडक अहिले अधुरो छ । बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नु पर्दछ ।’सुरक्षित आवास कार्यक्रमले यसपटक निरन्तरता पाएन । जबकि यस्ता जनताहरु छन्, जसको शीरको माथि छानो छैन ।

ओत नभएको हुनाले जनताहरु असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले जनताहरुलाई धेरै लाभान्वित बनाएको थियो’ उहाँले भन्नुभयो, “प्रभावकारी हुनेगरी सुरक्षित आवास कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । तराई–मधेस समृद्धि कार्यक्रलाई थप प्रभावकारी बनाउनुपर्छ ।

स्वास्थ्य बिमा प्रभावकारी बन्न सकेन । यसको दायरालाई फराकिलो बनाउने र सबै जनताको पहुँच पुग्नेगरी यसलाई अगाडि बढाउनुपर्छ ।’त्यस्तै, स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पुगाउनुपर्ने बताउनुभयो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ