राष्ट्रिय सरकार बनाउन सांसद विक्रम पाण्डेको सुझाब

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले गणतन्त्ररुपी गाडीको तेल सकिइसकेकाले गन्तव्यमा पुग्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले बजेट वक्तव्य माछो माछो भ्यागुतो जस्तो हुने टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्रको विकल्प खोजेर अगाडी बढ्नुपर्ने बताउनुभयो । यसो भएमात्रै देशलाई समस्याबाट मुक्त गर्न सकिने उहाँको भनाइ छ ।

‘‘बजेट भाषणमा जे परेपनि नपरेपनि हुने कुरा केही पनि छैन । टाँइटाँइ फिस भनेजस्तो माछा माछा भ्यागुतो हुनेजस्तो छ अरू कुराहरू केही देखिँदैनन् ।

त्यसैले गर्दा यो देशमा राष्ट्रिय सहमतिको साथ आफूले गरेका गल्तीहरूलाई स्विकारेर तुरुन्तै राष्ट्रिय सरकार गठन गरेर अगाडी बढेनौँ भने यो देशमा गणतन्त्ररुपी गाडीको तेल सकिइसकेको अवस्था छ ।,’’ सांसद पाण्डेले भन्नुभयो, गन्तव्यमा पुग्न नसक्ने अवस्था छ ।

यति हुँदाहुँदै पनि हामीले किन चेत्दैनौँ र किन नयाँ सोचका साथ हामी अगाडी बढ्दैनौँ । यसका लागि म सम्पूर्ण दलका नेताहरूलाई निवेदन गर्न चाहन्छु यो समस्याबाट देशलाई मुक्त गर्न अगाडी बढ्नका लागि अनुरोध गर्दछु ।’’उहाँले बजेटमा उल्लेख गरिएका कुराहरू पुरा नहुने बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
1 km/h
मंगल
24 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
30 °C
शनि
18 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ