राष्ट्रिय सभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिंदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ । सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति गर्न लागिएको हो ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ । निर्वाचनमा भाग लिने प्रयोजनका लागि यसअघि नै आयोगमा दल दर्ता भैसकेका छन ।

आयोगले ७ वटा प्रदेशका २-२ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ । १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने पनि आयोगले जनाएको छ ।

निर्वाचन नजिकिएसँगै आयोगमा दर्ता भएका राजनीतिक दलहरुले उम्मेदवारको छनोट गर्ने तयारी गरिरहेका छन । राष्ट्रिय सभामा रिक्त रहने २० सदस्यमध्ये १९ जनाको निर्वाचनबाट र एक जनाको मनोनयनबाट पदपुर्ति हुने पनि आयोगले जानकारी दिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
82%
शुक्र
27 °C
शनि
28 °C
आइत
27 °C
सोम
25 °C
मंगल
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ