राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालद्धारा राजीनामा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाउनुभएको हो ।

अर्याल गत माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो । पछिल्लो समय सत्ता समीकरण बदलिएसँगै माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।

तर बीचमा राष्ट्रिय सभा उपाध्यक्ष नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने शीर्ष नेताहरूबीच सहमति भएको बताइएको छ । गठबन्धनमा एकीकृत समाजवादी सहभागी नहुँदै फागुन २१ गते एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताले ८ बुँदे सहमति सार्वजनिक गरेका थिए ।

त्यतिबेला चार राजनीतिक दलले सरकार, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको निर्वाचन, शान्ति प्रक्रिया, संघीयता कार्यान्वनलगायत ८ बुँदे सहमति गरेका थिए । उक्त सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्ष एमालेलाई दिने सहमति भए पनि फागुन २९ को सहमतिमा भने उक्त कुरा राखिएको थिएन ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
10°C
Kathmandu
few clouds
10° _ 10°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ