सरकारी काेषमा नेपाल बैंकले दियाे दुई करोड

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडाैं । नेपाल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रूपैयाँ उपलब्ध गराएको छ। उक्त चेक बैंकले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढीपहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न उक्त रकम दिएका हुन्। प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरेका थिए। कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि उनले आग्रह गरेका छन्।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो ।  मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको थियो। कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको छ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
15°C
Kathmandu
drizzle
15° _ 15°
100%
आइत
22 °C
सोम
24 °C
मंगल
25 °C
बुध
27 °C
बिहि
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ