साउन २२ काठमाडौँ : काभा वुमन्स नेसन्स लिग भलिबलको दोस्रो सेमिफाइनलमा इरानलाई सोझो सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपालले इरानलाई २५–२१‚ २८–२६ र २५-२० ले सोझो सेटमा पराजित गरेको हो।
नेपालको जितमा आज निरुता ठगुन्ना‚ उषा भण्डारी‚ साफिया पुन र सरस्वती चौधरीले खेलमा उत्कृष्ट प्रदर्शन गरे।
आजको जितसँगै नेपालले समूह चरणमा इरानसँग भोगेको हारको साटो फेरेको छ।
अब नेपालले उपाधिका लागि भोलि भारतसँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी तेस्रो स्थानका लागि इरान र श्रीलंकाबीच पनि भोलि नै खेल हुनेछ।
आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा भारतले पनि श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको हो।
भारतले श्रीलंकामामाथि २५–१५, २५–१६ र २५–२३ ले पराजित गरेको हो।