नेपालले अमेरिका र क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिएट राष्ट्र अमेरिका र क्यानडा विरुद्ध वार्म अप खेल खेल्ने भएको हो ।

नेपालले दुवै खेल टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । नेपालले २७ मेमा क्यानडा विरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्स विरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ ।

आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५/५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले पहिलाे खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
43%
3 km/h
बुध
22 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
22 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ