एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालको सानदार जित

संवाददाता
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ ।

ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । जितका लागि दुई सय ११ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो ।

कतारका लागि मुहमद तानवीरले ६३ रन बनाउनुभयो । उहाँले ३३ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । मोहमद अहनाफले २३, हिमान्सु् राठोडले अविजित २२, अदनान मिर्जाले १९ र ओपनर कमरन खानले १८ रन बनाउनुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुलशन झाले दुई/दुई विकेट लिनुभयो ।

कुशल मल्ल र अविनाश बोहराले एक/एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ६४ रन बनाउनुभयो ।

अन्तिम ओभरको ६ बलमा ६ छक्का हान्नुभएका दीपेन्द्रले २१ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।उहाँ अन्तिम ओभरको सबै बलमा छक्का हान्ने नेपालका पहिलो खेलाडी बन्नुभएको छ ।

विश्वमा भने उहाँ टी–२० मा तेस्रो र एक दिवसीयमा अन्तिम ओभरमा ६ छक्का हान्ने पाँचौँ खेलाडी बन्नुभएको छ । दिपेन्द्र म्यान अफ दि म्याच हुनुभयो । यस्तै आशिफ शेखले ५१ रनको अर्धसतकीय पारी खेल्नुभयो । उहाँले ४१ बलमा ६ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल मल्ले ३५, कप्तान रोहितकुमार पौडेलले १८ र ओपनर कुशल भुर्तेलले १२ रन बनाउनुभयो । बलिङमा कतारका हिमांशु राठोड र मुसावर शाहले तीन तीन विकेट लिनुभयो । अमिर फारक्युले एक विकेट झार्नुभयो ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो ।

नेपालले समूहको तेस्रो खेल ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल प्रिमियर कपको साबिक विजेता हो ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
53%
2 km/h
बुध
22 °C
बिहि
28 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ