रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते

सञ्जु शर्मा
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा यात्रुवाहक बस दुर्घटना भएको छ ।दुर्घटनामा परेर नौ जना घाइते हुनुभएको छ।
आठबिसकोट नगरपालिका प्रमुख रवि केसीका अनुसार काठमाडौबाट राडीतर्फ जादै गरेको प्रदेश ३–०१-००५ ख ९९६६ नम्बरको बस शनिबार दिउँसो भेरी करिडोरस्थित रिठा नजिकै दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी  निरीक्षक ऋषि पाठकका अनुसार घाइते हुनेहरुमा धादिङ खाग्री गाउँपालिका १ का ३१ वर्षिय चालक खडकबहादुर तामाङ, सोही गाउँपालिका ६ बस्ने २८ वर्षिय भिमबहादुर भुलन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ का ३१ वर्षिय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका ७ का २६ वर्षिय प्रकाश मगराठी रहनु भएको छ ।

त्यसैगरि रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका ८ का ४५ वर्षिया भिमकुमारी चदारा, उहाँको १० वर्षको छोरा मानबहादुर चदारा, मोरङ खेरुवा नगरपालिका ५ का  २८ वर्षिय आकाश काफ्ने र जाजरकोट नलगाड  नगरपालिका १२ की २५ वर्षिया किसङकुमारी विक पनि घाइते हुनुभएको छ।

घाइते सवैको अहिले नगर अस्पताल राडीमा उपचार भइरहको छ । उहाँहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ।
बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

 

[post-views]

 

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
haze
22° _ 22°
46%
2 km/h
शनि
25 °C
आइत
26 °C
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ