एमाले रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन जारी, वर्तमान अध्यक्ष देवकोटा र शाह अध्यक्षका आकांक्षी

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । नेकपा एमाले रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार शनिवार नै सकिनुपर्ने भए पनि नेतृत्व चयनमा ढिलाइ हुँदा अधिवेशन आइतबार पनि जारी रहने भएको हो ।


नेकपा एमाले रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन शुक्रवार एक कार्यक्रमका बिच पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले उद्घाटन गर्नुभएको थियो । अधिवेशन पार्टी कार्यालय मुसिकोट ५ बागबजारमा चलिरहेको छ । अध्यक्षका लागि दुई जनाको दाबी रहेपछि अधिवेशन लम्बिएको एमाले स्रोतले जनाएको छ । शुक्रवार देखि नै सहमतिको प्रयास थालिएकामा हालसम्म पनि सहमति जुट्न सकेको छैन् ।


अध्यक्षका लागि वर्तमान अध्यक्ष नन्दराम देवकोटा र नारायणकुमार शाह आकांक्षी देखिनुभएको छ । दुवैले अध्यक्षमा दाबी नछाडेपछि चुनाव हुने अवस्था देखिएको नेकपा एमाले रुकुम पश्चिमका एक नेताले जानकारी दिए । अधिवेशन आज दिनभरीमा सकिने नेकपा एमालेका कर्णाली प्रदेश सदस्य कर्ण ओलीले जानकारी दिनुभयो ।

अझै पनि सहमतिको प्रयास भइरहेको उहाँको भनाई छ । सहमति जुट्ने स्थिति नै आएन भने चुनावमा जानुको विकल्प नभएको उहाँको भनाई छ । अध्यक्ष मै सहमति जुट्न नसकेपछि अन्य पदमा भने कुनै छलफल नै सुरु हुन नसकेको ओलीको भनाई छ । शनिवार दिनभर प्रतिनिधि टुङ्ग्याउने काम सकिएको उहाँले बताउनुभयो । सहमति वा चुनाव जे भए पनि आज दिनभरमा अधिवेशन सकिने उहाँले जानकारी गराउनुभयो ।

सेयर: 76
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
13°C
Kathmandu
few clouds
13° _ 13°
82%
1 km/h
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
29 °C
शुक्र
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ