ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । ईलाका प्रहरी कार्यालय गरूडामा नागरिक सहायता कक्ष संचालन गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कार्यलय परिसरमा नै नागरिक सहायता कक्ष संचालनमा ल्याइएको हो ।

नागरिक सहायता कक्षबाट प्रहरीले सेवा प्रवाहको गुनासो , उजुरी वा निवेदन लगायतका सेवा पाउने ईलाका प्रहरी कार्यालय गरूडाका प्रमुख डिएसपी राजन कार्कीले बताए । उनका अनुसार घरायसी तथा सामान्य बादविवाद वा अन्य ठाडो उजुरी अब प्रहरीले नै लेखिदिने छ ।

यसअघि बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउदा ५ सय रुपैयाँ सेवाग्राहिले तिर्नु पर्ने बाध्यता रहेको थियो । यसबाट असहाय, गरिब  र अशिक्षित नागरिकहरु बढी लाभवन्नित हुने उनले बताए । जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी दिलिप घिमिरेले निर्देशन दिएपछि प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएको हो ।

यस अघि जिल्ला प्रहरी कार्यलय  रौतहट,ईलाका प्रहरी कार्यालय चन्द्रपुर र हालै ईलाका प्रहरी कार्यालय गरूडाले यो सेवा सुरु गरेको छ । नागरिक सहायता कक्षमा आम नागरिकले आफ्नो गुनासो वा समस्य समेत टिपाउन सक्ने जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
scattered clouds
25° _ 25°
20%
3 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
27 °C
शनि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ