लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षद्वारा शपथ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

दाङ, । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । आईतबाट मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराउनुभएको हो । शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषदको बैठकले खनाललाई नियुक्ती गरेको थियो ।

खनाल यस अघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गर्नुभएको हो । कपिलबस्तुको बाणगंगा नगरपालिका ८ निवासी खनाल गएको बर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गर्नुभयो । उहाँमा यस अघि चक्रपानी खनाल संघको कृषि मन्त्री हुँदा स्वकीय सचिब भएर काम गरेको अनुभव छ, भने सहकारी, शिक्षा, गैर सरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।

सल्लाहकारमा आचार्य, अर्थ विज्ञमा बैद्धिक
प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई मुख्यमन्त्री महराको सचिबालयमा रहने गरि नियुक्त गरिएको हो । उहाँले राज्यमन्त्री सरहको सेवा सुविधा पाउनुहुनेछ । आचार्यले आईतबार पदभार ग्रहण गर्नुभएको छ ।

त्यसतै अर्थ तथा विकास विज्ञमा तुलसीपुरका शुसान्त बैद्धिक नियुक्त हुनुभएको छ । उहाँ यस अघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थ विज्ञका रुपमा कार्यरत हुनुहुन्थ्यो । वैदिकले लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उहाँसंग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बिहि
22 °C
शुक्र
28 °C
शनि
28 °C
आइत
27 °C
सोम
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ