यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने घिमिरेको अभिव्यक्तिप्रति आपत्ति

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद श्याम घिमिरेले यौैन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने भनेर संसदमा राखेको अभिव्यक्तिमाथि आपत्ति जनाएकी छिन् ।


सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले यस्तो अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गरिन् ।


उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौैन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षणगरी अर्थपार्जन गरौं भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भत्र्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादीत रुपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लािग रुलिङको माग गर्दछु ।’


साथै उनले त्यस्तो कार्य गर्नका लागि आफ्नो परिवारबाट अगाडि बढाउनको लागि आँट गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरिन् । सांसद घिमिरेले हिजो आइतबार मुलुकको अर्थतन्त्र सुधारको लागि र पर्यटकको संख्या बढाउन यौन व्यवसायलाई व्यवसायीकरण गर्नुपर्ने धारणा राखेका थिए ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
scattered clouds
11° _ 11°
62%
2 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ